Logo

वीरगन्ज, १ मंसिर । पर्साको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वचन (क) अन्तर्गत बीरगन्ज महनागपलिका वडा नं २२ मा नेकपा माओवादी केन्द्रको कोण सभा सम्पन्न भएको छ । निर्वाचन लक्षित कोणसभा जनता समाजवादी पार्टी (जसपा) त्यागेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । पार्टीको युवा संगठन (वाईसियल पर्सा) संयोजक दिपेन्द्र सिंह पटेलको पहलमा वीरगंज वडा नं १८ सूखचैना टोलका १० जना युवाहरु जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य उम्मेद्धार रहबर अन्सारीले माला र अबिर लगाएर स्वागत गर्नुभएको छ । जसपा पार्टीको कुनै सिद्धान्त र नीति नभएको र नेतृत्व नै विचलित भएको अवस्थामा जिल्लाका नेताहरुले युवाहरुलाई प्रयोग मात्रै गर्ने गरेकोले जसपा परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहबर अन्सारीले युवाहरुको प्रवेशले थप उर्जा मिलेको भन्दै समयको मागलाई युवाहरुले सही समयमा बुझ्न सके परिवर्तन गर्न समय नलाग्ने बताउनुभयो । आफूले बुझेर पार्टी र सिद्धान्तको राजनीति गर्नेहरु भन्दा अरुको लहलहैमा लागेर हिड्नेहरुको जीवन कठिन भएकोले संघर्ष र चेतनाले गरिएको राजनीतिले आमूल परिवर्तन ल्याउन सक्ने बताउनुभयो ।


सम्बन्धित समाचार