१ मंसिर, बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जनताका समस्या नै आफ्ना समस्या भएको बताउनुभएको छ । बिहीबार गलकोट नगरपालिकामा चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जनताको समस्यासँग आफू परिचित भएको बताउँदै जनताको समस्या नै आफ्ना समस्या भएको बताउनुभयो ।
उहाँले लामो आन्दोलन र बलिदानीबाट प्राप्त भएको उपलब्धीको रक्षाका लागि बाम लोकतान्त्रिक शक्ति एकठाउँमा हुनुपरेको उल्लेख गर्नुभयो । विपक्षीले अर्गानिक उम्मेदवारको हल्ला चलाएको बताउँदै बागलुङको विकाशका लागि धेरै काम गरेको दाबी गर्नुभयो ।
“विपक्षीले केही नपाएर अर्गानिक उम्मेदवारको हल्ला चलाएका छन्, म यहीँ बागलुङको माटोमा जन्मिएको हुँ,” उहाँले भन्नुभयो, “विपक्षीलाई ठाडो चुनौति दिनचाहान्छु जिल्लाको विकाशका लागि मेरोे जति भूमिका विपक्षीको छैन ।”
उहाँले जिल्लाका ६ वटै सिट गठबन्धनले अत्यधिक मतले जित्ने दाबी गर्नुभएको छ । नेकपा एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली देशको नेतृत्व गर्न असफल भएको आरोप लगाउनुभएको छ ।
चुनावका लागि मात्र गठबन्धन नभएको बताउँदै जनताका आधाभूत रुपमा उठाइएको साझा मुद्धाको रक्षाका लागि भएको बताउनुभयो । संविधान सभा सदस्य नरबहादुर पुनले अहिलेको निर्वाचन संविधान जोगाउने र सक्काउनेबीच भएको बताउनुभयो । देशमा राजावादी र लोकतन्त्रबादीबीच चुनावी प्रतिस्पर्धा भएको बताउँदै गठबन्धनका उम्मेदवारको जीत सुनिश्चित भएको बताउनुभयो ।
गण्डकी प्रदेश सभा सदस्य पदका उम्मेदवार जीतबहादुर शेरचनले जनताको सेवाका लागि राजनीतिमा आएको बताएका छन् । जनताको सेवाका लागि राजनीतिमा आएको बताउँदै अबको बाँकी जीवन पनि जनताकै निम्ति खर्चने बताएका हुन् ।
प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेललाई डाँडापारी भन्नेहरुका विरुद्ध आक्रोश व्यक्त गर्नुभएको छ ।
“५ वर्ष अघि देवेन्द्र पौडेललाई भोट हाल्ने एमालेका साथीहरुले अहिले डाँडापारी भनेर प्रचार गरिरहेका छन,” उनले प्रश्न गर्दै भने, “त्यसो भए डाँडावारीकै नरबहादुर पुनलाई अघिल्लो निर्वाचनमा किन भोट नहालको ?”