Logo

३ मंसिर, वीरगञ्ज । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सञ्चालक तथा उच्च व्यवस्थापकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम प्रदान गरेको छ । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम काठमाण्डौमा तालिम प्रदान गरेको हो । सहभागीलाई बीमा प्राधिकरणका उपनिर्देशक शाम्भराज लामिछानेले सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापममा वित्तिय लागानी निवरण सम्बन्धी प्रशिक्षण दिनु भएको थियो ।

यसअघि महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कार्तिक १८ गते शाखा प्रबन्धकहरु तथा कार्तिक २० गते अभिकर्ता, एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजरहरुलाई प्रशिक्षण दिएको थियो । महालक्ष्मी लाईफले प्रत्येक वर्ष आफ्ना कर्मचारी, अभिकर्ता र संचालकहरुलाई सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारणको सम्बन्धमा प्रशिक्षण दिदै आएको नायब प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले जानकारी दिनुभयो ।

बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशिकामा हरेक बीमा कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रशिक्षण गर्नुपर्ने व्यवस्था गरेको छ ।


सम्बन्धित समाचार