Logo

३ मंसिर,काठमाडौं । नेकपा एमालेका केही व्यक्तिहरुले विभिन्न लोकप्रिय सञ्चारमाध्यमहरुको मास्टर हेड दुरुपयोग गरेर निर्वाचनको मौन अवधिमा अनर्गल प्रचार गरिरहेको पाइएको छ ।ती सञ्चार माध्यमहरुले छाप्दै नछापेको झुटो समाचारलाई सोर्स कोड परिवर्तन गरेर सत्ता गठबन्धनका विरुद्ध आफूअनुकुल समाचार बनाइ सामाजिक सञ्जालहरुमा सेयर गरेको पाइएको छ ।

सेतोपाटी, अनलाइनखबर, रातोपाटी, नयाँ पत्रिका, उज्यालो अनलाइनलगायतका सञ्चारमाध्यमका समाचारमा सोर्स कोड परिवर्तन गरी शीर्षक तोडमोड गरेर बनाइएको स्क्रीनसट सामाजिक सञ्जालहरूमा शेयर गरिएको छ । उक्त सामाग्री अध्यक्ष बस्नेतले पनि शेयर गरेका छन् ।

यसलाई नेपाली कांग्रेसले निर्वाचनको मुखमा विपक्षीहरु हारको मानसिकतामा देखिन थालेको बताएको छ । गठबन्धनका विरुद्ध उनीहरु झुटो र भ्रामक प्रचारमा उत्रनु हारको मानसिकता भएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले त्यस्ता झुटा प्रचार र भ्रममा नगर्न अपिल गरे ।

निर्वाचनको मौन अवधीमा एमाले निकटका ब्यक्तिहरुबाट विभिन्न लोकप्रिय सञ्चारमाध्यमको मास्टरहेड समेत दुरुपयोग गरेर अर्नगल प्रचारबाजी गरेको भन्दै महतले कडा आपत्ति जनाए ।
‘कांग्रेसले कुनै गोप्य सर्कुलर गरेको पनि छैन, गर्दा पनि गदैन, निर्वाचनको मौन अवधिमा विपक्षीबाट आएका यस्ता भ्रामक समाचारको पछि नलाग्न म आम मतदाता, पार्टीका कार्यकर्तालाई अपिल गर्न चाहन्छु । यसबारेमा पार्टीले छिट्टै विज्ञप्ती निकालेर खण्डन गर्नेछ, साझा पोष्टसँग कुरा गर्दै कांग्रेस प्रवक्ता महतले भने, ‘यो विपक्षीहरुको हतास मानसिकता हो । उनीहरुको हारको मानसिकता हो । हामी गठबन्धनमा एकढिक्का छौं, कसैले भ्रमको खेती गरेर आत्मरतीमा नरमाए हुन्छ ।’

यस्तै माओवादी केन्द्र निकटको प्रेस सेन्टर नेपालले पनि उक्त घटनाको निन्दा गरेको छ । प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ’जुगल’ ले विज्ञप्ती निकालेर प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायत यस्ता घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरेका छन् । साझा पोष्ट

 


सम्बन्धित समाचार