Logo

४ मंसिर, वीरगन्ज । प्रतिनिधि र प्रदेशसभा निर्वाचन आईतबार सम्पन्न भएको छ । देशभर छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा नै मतदान सम्पन्न भएको छ । पर्सामा पनि शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । पर्सामा भएको मतदानको अन्तिम परिणाम अनुसार पर्सामा ६९ प्रतिशत मत खसेको छ ।

कूल मतदाता संख्या ३ लाख ४५ हजार ९ सय २८ रहेकोमा आईतबार सम्पन्न मतदानमा २ लाख ३८ हजार ५४ मत खसेको छ । ४ वटा निर्वाचन क्षेत्रमा रहेको पर्सामा १ लाख ९४ हजार ९ सय ४ पुरुष र १ लाख ५१ हजार ८ जना महिला मतदाता रहेकोमा १ लाख ३२ हजार ७ सय ६४ जना पुरुषले मतदान गरेका छन् । त्यस्तै १ लाख ५ हजार २ सय ८४ महिला र ६ जना अन्यले मतदान गरेका छन् ।

आईतबार बेलुकी पाँच बजे सम्पन्न भएको मतदानको अन्तिम परिणाम अनुसार पर्सामा ६९ प्रतिशत मत खसेको हो । पर्सामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ मा केहीबेर मतदान स्थगित भएको बाहेक अन्य स्थानमा मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले बताए ।

पर्साको मतगणना सोमबार बिहानदेखि मात्रै हुने भएको छ । मतपेटिकाहरु सबै आईपुग्दा राति हुने र सर्वदलीय बैठकका लागि उम्मेदवारहरु पनि राति आउन समस्या हुने भएपछि सोमबार बिहान १० बजेदेखि मतदान शुरु हुने पर्साका प्रमुख जिल्ला अधिकार उमेश कुमार ढकालले बताए ।

मतपेटिकाहरु ओसार्न थालेपछि मतगणना स्थलको सुरक्षा अवस्थाबारे जानकारी लिन मतगणनास्थल ठाकुरराम बहुमुखी क्याम्पस परिसरमा पुग्नुभएका प्रजिअ ढकालले सोमबार बिहानदेखि मत गणना शुरु हुने बताए ।


सम्बन्धित समाचार