Logo

कतारमा जारी विश्वकप फुटबल अन्तर्गत आज पनि चार वटा खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने ४ बजे ट्युनिसिया र अस्टे«लिया प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै दोस्रो खेल पोल्यान्ड र साउदी अरेबियाबीच साँझ पौने ७ बजे हुनेछ । तेस्रो खेलमा राती पौने १० बजे फ्रान्स र डेनमार्क प्रतिस्पर्धा गर्दा चौथो खेल राती पौने १ बजे अर्जेन्टिना र मेक्सिको बीच हुनेछ ।

पहिलो खेलमा साउदी अरेबियासँग हारेको अर्जेन्टिनालाई आजको खेल जित्नै पर्ने दबाब छ । यसअघि हिजोका खेलहरुमा इरान र सेनेगल विजयी भएका छन् भने इङ्ल्यान्ड र अमेरिका तथा नेदरल्यान्ड र इक्वेडरले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

पहिलो खेलमा आयोजक कतार अफ्रिकन देश सेनेगलसँग ३–१ गोल अन्तरले पराजित भयो । हारसँगै कतार जारी विश्वकपबाट बाहिरिने पहिलो देश बनेको छ । दोस्रो खेलमा १० खेलाडीमा समेटिएको वेल्सलाई २–० गोल अन्तर हराउँदै इरान पहिलो जित निकाल्न सफल भयो । जितसँगै इरानले २ खेलमा ३ अंक जोडेको छ ।

इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । हिजै भएको तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् भने अन्तिम खेलमा खेलमा इङ्ग्ल्यान्ड र अमेरिकाले पनि गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् ।


सम्बन्धित समाचार