Logo

१३ मंसिर, वीरगञ्ज । नारायणी सिँचाईका कर्मचारी बिरुद्ध भ्रष्टाचारको मुद्दा दायर भको छ । नहर निर्माणको क्रममा भ्रष्टाचार भएको देखिएकोले नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगंजका कर्मचारी बिरुद्ध अख्तियारले बिशेष अदालत काठमाडौंमा मुदा दायर गराएको छ ।

नारायणी सिंचाई व्यवस्थापन डिभिजन पर्सा ब्लक नं. २ र १० को नहर निर्माण कार्यमा भ्रष्टाचार भएको उजुरीको समबन्धमा छानबिन गर्दा उपभोक्ता समितिलाई बद्िनयत पूर्वक काम नै नभएको अवस्थामा पनि झुट्टा बिल बनाई गलत भुक्तानी दिएको÷लिएको देखिएकोले भ्रष्टाचार मुद्दा दायर गराईएको अख्तियारले जनाएको छ ।

अख्तियारले नारायणी सिंचाई व्यवस्थापन डिभिजन नं. ५, बहुअरी, वीरगंजका तत्कालीन सिँचाई डिभिजन ईञ्जिनियर मदन मोहन झा र तत्कालिन तत्कालीन लेखा अधिकृत मुरारी प्रसाद आचार्य बिरुद्ध जनही ५ लाख ६१ हजार ९५० रुपैया बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवाना गरी बिगो असुल उपर हुने गरी मागदाबी सहितको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यस्तै ब्लक नम्बर २ हरिहरपुर बिर्ता, पर्साका अध्यक्ष कुसुम देवी कलवार र कोषाध्यक्ष राजकिशोर प्रसाद बिरुद्ध पनि जनही ५ लाख ६१ हजार ९५० रुपैया बिगो कायम गरि कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुने गरी मागदाबी सहितको भ्रष्टाचार मुद्दा दायर गराइएको अख्तियारका प्रबक्ता शयाम प्रसाद भण्डारीले जानकारी दिए ।


सम्बन्धित समाचार