Logo

वीरगञ्ज, १५ मंसिर । नेपाल पत्रकार महासंघ पर्साका सदस्य एंव युवा पत्रकार नरेश सरार्फको आज विहान हृदयघातबाट निधन भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित आफ्नै निवासमा विहान शारिरिक व्ययाम गरिरहेको अवस्थामा एक्कासी वेहोश भएर ढलेका थिए । उनलाई परिवारजनले उपचारको लागि नारायणी अस्पताल वीरगञ्जमा भर्ना गराएका थिए ।

नारायणी अस्पताल वीरगञ्जका डाक्टर दीपक चौरसीयाले उनको हृदयघातका कारण निधन भएको छ बताए । अस्पतालमा भर्ना गरेपनि उनको विचबाटोमै निधन भएको डाक्टर चौरसीयाले जानकारी दिए ।

३२ बर्षिया युवा पत्रकार सरार्फ सगरमाथा टेलिभिजनको स्थानीय सम्वाददाताको रुपमा कार्यरत थिए । विगत एकदश देखि वीरगञ्जमा पत्रकारिता गर्दै आएका सरार्फ समाजवादी प्रेस संगठनका सदस्य समेत रहेका थिए ।
उनको शव वीरगञ्ज स्थित नारायणी अस्पतालमा राखिएको छ ।


सम्बन्धित समाचार