Logo

१५ मंसिर, जीतपुर बारा । बाराको करैयामाई गाउँपालिकामा आज सार्बजनिक बिदा दिएको छ । गाउँपालिकाको कार्यपालिका सदस्य अनिता देबी हजराको हिजो हृदय घातले असमायिक निधन भएका कारण सार्बजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष शम्भु प्रसाद यादबले जानकारी दिनुभयो ।

बिदाको समयमा अत्यआवश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु बन्द रहने करैयामाई गाउँपालिकाले जनाएको छ । कार्यपालिका सदस्य अनिता देबी जनता समाजवादी पाटी नेपालबाट(जसपा) निर्वाचित सदस्य हुनुहुन्थ्यो ।मरणोपरान्त जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादबले पाटीको झन्डा ओढाई अनत्येष्टि गर्नुपुर्ब अनिता देबीलाई सम्मान गर्नुभएको थियो ।


सम्बन्धित समाचार