Logo

१५ मंसिर, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले माइस्थानस्थित गहवा माई मन्दिर क्षेत्रमा मोटरसाइकल लगायत सवारी साधन प्रवेशमा रोक लगाइएको भन्दै त्यस क्षेत्रका व्यापारीले आपत्ती जनाएका छन् ।

क्यामेरामा विशाल पटेलको साथमा राम मण्डलको एक रिर्पोट

वीरगञ्ज महानगरपालिकाले माइस्थानको गहवा मन्दीर प्रवेश गर्ने चारबटा लोकेशनमा व्यारियर लगाएर पैदल यात्री वाहेक सवै प्रकारका सवारी साधनमा रोक लगाएपछि त्यस क्षेत्रका व्यवसायीले विरोध जनाएका हुन ।

उनीहरुले हलृुका सवारी साधन प्रवेशमा रोक लगाएपनि बमोटरसाइकल र साइकल प्रवेश गर्न दिन माग गरेका थिए । तर महानगरपालिकाका मेयर राजेशमान सिंहले त्यस क्षेत्रको सौन्दर्य बिग्रने भन्दै यातायातका साधनमा प्रवेश रोक लगाएपछि व्यवसायीहरु आक्रोशित भएका हुन ।

त्यस क्षेत्रका घरधनी र व्यापारीहरुले नगर प्रमुख राजेशमान सिंह र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालको ध्यानाकर्षण गरेको तर हाल सम्म कुनै सुनुवाइ नभएकोमा गुनासो गरेका छन ।

मेनरोडबाट गहवा माई मन्दिर सम्म, दुरसंचारबाट मिनावजार हुदै माइस्थान मन्दीर सम्म गहवाबाट मन्दीर आउने २ नम्वर रोडबाट मन्दिर आउने बाटोमा चारकुनामा डिभाइडर राखेर सावरी साधन आवत जावत रोकिएको छ । मुख्य चोकसम्मको सडकमा सवारी साधन प्रवेशमा रोक लगाउँदा व्यापार व्यवसाय चौपट भएको भन्दै त्यस क्षेत्रका व्यवसायीले प्रतिबन्ध हटाउनुपर्ने माग राख्दै आएका छन् ।

त्यस क्षेत्रमा सवारी आवागमनमा रोक लगाएपछि ग्राहकहरु आउनै छाडेको हुँदा व्यापार व्यवसायच चल्न नसकेको उनीहरुको दुखेसोछ । आफ्नै सवारी साधन पनि घरसम्म लिन नपाएको भन्दै त्याहाँका घरधनीले पनि आपत्ती जनाएका छन् ।

गहवा माई मन्दिर परिसरको सडकलाई स्तरोन्नती गरेसँगै वीरगञ्ज महानगरपालिकाले सवारी साधन प्रवेशमा रोक लगाएको थियो । सडक र पेटिको सौन्दर्यकरण पछि महानगरपालिकाले दर्शनार्थी र भक्तजनको सहजताका लागि सबै खाले सवारी साधन प्रवेशमा रोक लगाएको महानगरपालिकाका सल्लाहाकार प्रकाश अमात्यले बताए ।

वीरगञ्ज महानगरपालिकाले करिव ८० लाखको लागतमा कंकिट पेभर्स लगाएर मन्दिर क्षेत्रको सौन्दर्यकरण गरिएको अमात्यले जानकारी दिए । उनले त्यस क्षेत्रका व्यवापारीलाई मर्का परेपनि महानगरले मन्दिर क्षेत्रको सुन्दरतालाई ध्यानमा राखेर काम गर्ने बताए ।


सम्बन्धित समाचार