Logo

१७ मंसिर, जनकपुरधाम । जन्ती लिएर हिडेको एउट जिप धनुषामा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमा मृत्यु भएको छ ।

इटहरीबाट जन्ती बोकर महोत्तरीको पिपरा तर्फ र्फकदै गरेको बा १ ज ८२९३ नम्बरको जीप पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको बिरेन्द्र बजारमा दुर्घटना भएको थियो ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको र ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी दिएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा आज बिहान साढे ४ बजे जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

उक्त घटनामा तीन महिला, एक बालक र एक पुरुषको मृत्यु भएको छ । जसमा महोत्तरी पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार र धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीया रुवीकुमारी साह , महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेकाे प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार