Logo

१८ मंशिर, बारा । ईलाका प्रहरी कार्यालय सिमराले लाखौँ मुल्य पर्ने मदिरा सहितको गाडिलाई नियन्त्रणमा लिएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ जीतपुर स्थित रातोपुलबाट प्रहरीले गाडि नियन्त्रणमा लिएको हो ।

अमलेखगंज बाट जितपुर तर्फ जादै गरेको बा.प्र.–०३–००१ च १४६९ न.को पिकअप गाडीमा करिब १ हजार ६ सय ४० लि. घरेलु मदिरा नियन्त्रणमा लिएको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।

पिकअप गाडी चालक जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं. १८ बस्ने वर्ष २५ को सनम कुमार महतलाई पक्राउँ गरिएको छ । बरामद घरेलु मदिराको मुल्य २ लाख ३४ हजार ५ सय २० रुपैया रहेको छ ।

त्यस्तै जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ०२ स्थित जगदम्बा स्टिल प्रा.लि.को पछाडीबाट अमलेखगंज देखि जितपुर तर्फ जादै गरेको ना.२ ह १२०५ न.को अटोमा रहेको मदिरा नियन्त्रणमा लिएको हो । १ सय ६० लि. घरेलु मदिरा सहित अटो, अटो चालक उपमहानगरपालिका वार्ड न.२२ बस्ने वर्ष २३ को अमित घलानलाई पक्राउँ गरिएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

नियन्त्रणमा लिएको मदिराको मुल्य २२ हजार ८ सय ८० रुपैया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


सम्बन्धित समाचार