Logo

२० मंसिर, वीरगञ्ज । वीरगञ्जको व्यस्त ठाउँ मिनाबजार प्रवेश गर्दा सागुरो सडक छिर्नु पर्छ । सडकको दायाबाँया र विच भागमा समेत पसल राखेर व्यापार गर्नेहरुको कारण पैदल यात्रीले समेत सास्ती व्यहोर्नु परेको छ । सडक नै कब्जा गरेर व्यापार गर्दा समेत वीरगञ्ज महानगरपालिका मौन छ किन ?

महानगरपालिकाले मिनाबजार क्षेत्र भित्र बनाएको तरकारी बजारमा भन्दा सडकमा पसल गर्ने प्रति ग्राहकको आक्रर्षण बढी देखिन्छ । सडकमा पसल थाप्नेहरुले भाडा तिर्न नपर्ने भएपछि सस्तोमा दिने हुँदा बजार भित्र भन्दा सडक पेटीका पसलमा मानिसहरुको भिड लाग्ने गर्दछ ।

फूटपाथ र सडकमा व्यापार बढदो छ । जसका कारणले सावरी साधन लैजान सकिने अवस्था हुदैन । घण्टाघर देखि मिनाबजार हुदै गहवामाई मन्दिर पुग्ने बाटो कब्जा गरी व्यापार गर्नेलाई महानगरपालिकाले कुनै चासो नदेखाउने गरेको गुनासो त्यस क्षेत्रमा सटर भाडामा लिएर पसल संचालन गर्नेहरुको छ ।

वीरगञ्जको मिना बजार क्षेत्रमा सडक अतिक्रमण गरेर व्यापार गर्नेहरुका कारण सवारी साधन संचालनमा समस्या हुने गरेको छ । अनाधिकृत रुपमा सडक अतिक्रमण गरेर व्यापार गर्नेहरुले पैदल हिडन नमिल्ने गरी ठेला र सडकमा पसल राख्ने गरेका छन् । सडकमा व्यापार गर्नेहरुले सस्तोमा मालसामान, तरकारी तथा फलफूल विक्री गर्न थालेपछि सटर भाडामा लिएर पसल संचालन गर्नेहरु संकटमा परेको उनीहरुको भनाई छ ।

वीरगञ्ज महानगरपालिकामा मेयर पदको सपथ खादा एक हप्तामा फूटपाथको समस्या हल गर्ने उद्घोष गरेका मेयर राजेशमान सिंहले त्यस तर्फ कुनै पहल नगरेको गुनासो स्थानीयवासीको छ ।

(विशाल पटेलको सहयोगमा राम मण्डले तयार पारेको एक भिडियो रिर्पोट)


सम्बन्धित समाचार