Logo

२० मंसिर, वीरगञ्ज । वीरगंज महानगरपालिकाले करिव एकसय जना दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई मंगलबार देखि हटाएको छ । कार्यालय पुगेर हाजीरीको लागि लाइनमा बसेका दैनिक ज्यालादारीका ९७ जना कर्मचारीलाई हाजीरी नगर्नु भनि उनीहरुलाई कामबाट हटाएको महानगरपालिका स्रोतले जनाएको छ ।

वीरगञ्ज महानगरपालिकाले निर्वाचनको मुखमा गत भदौ, असोज र कार्तिकमा गरी झण्डै पाँच सय जनालाई दैनिक ज्यालादारीमा नियुक्ती दिएको थियो । चुनावमा आफ्ना उमेदवारलाई जिताउन सहयोग पुग्ने उदेश्ले मेयर राजेशमान सिंहले गैर कानुनी रुपमा दैनिक ज्यालादारीमा कर्मचारी नियुक्त गरेका थिए । चुनावको प्रयोजन सकिएपछि दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई हटाउने क्रम शुरु भएको हो ।

एकै चरणमा हटाउँदा अप्ठेरोमा पर्ने डरले पटक पटक गरी कर्मचारी हटाउने योजनामा महानगरपालिका प्रमुख राजेशमान सिंह रहेको बुझिएको छ । प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेल घर विदामा भएकोले सूचना टास्न नसकिएको एक कर्मचारीले बताए । उनका अनुसार प्रमुख प्रशासकिय अधिकृत आएपछि सवै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी हटाएर आवश्यकता अनुसार विज्ञापन गरी लिने तयारीमा प्रमुख प्रशासकिय अधिकृत रहेको स्रोतले जनाएको छ ।

तर मेयर राजेशमान सिंहले भने केही आफ्ना कार्यकर्तालाई नहटाउने पक्षमा रहेको बुझिएकोछ । पहिलो चरणमा वीरगञ्ज महानगरपालिका भित्र हाजीर गर्दैै आएका दैनिक ज्यालादारीका मध्ये केहीलाई हटाइएको छ । वडा कार्यालयमा हाजीर गर्नेहरुलाई पहिलो चरणमा नहटाइएको महानगरपालिकाले जनाएको छ । उनीहरुलाई पनि मंसिर मसान्त सम्म हटाउने लिष्टमा राखिएको स्रोतले जनाएको छ ।


सम्बन्धित समाचार