Logo

२० मंसिर, बारा । जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को उचिडीमा आधारभुत स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गरिएको छ ।

सेवाकेन्द्रको मंगलबार विहान उपमहानगर प्रमुख राजन पौडेलले रिवन काटेर उद्घाटन गर्नु भएको हो । नगर प्रमुख पौडेलले नगरले दिने सेवा सहज ,छिटो र प्रभावकारी बनाउँन उपमहानगरपालिकालागि परेको जानकारी दिए।

यस कार्यमा सबैले आ आफनो स्थानबाट साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा नगर जनस्वाथ्य अधिकृत रवी कुमार भाष्करले सरकारको वडाहरुमा स्वास्थ्य सेवा विस्तार गर्ने योजना अनुसार स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको बताए ।

केन्द्रबाट हाल २ जना स्वास्थ्यकर्मीले सेवा दिने छन् । क्षयरोग विरुद्धको औषधीसँगैं ३५ प्रकारका औषधी र १२ प्रकारका खोपसेवा संचालन हुनेछ । गर्भवती परिक्षण सेवा सहित सरकारले दिने अन्य सेवा नियमित रुपमा स्वास्थ्य केन्द्रबाट पाईने उनले बताए ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन बजारमात्रै नभएर ग्रामिण क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिदिन नगरप्रमुखसँग स्थानियले माग गरका थिए ।कार्यक्रम वडा नं.१८का अध्यक्ष चतुरबाबु वाग्लेको अध्यक्षता, युनिभर्स यूथ क्लब दि रुरलका अध्यक्ष कविराज वाग्लेको स्वागत एवं स्थानिय समाजसेवी विष्णु प्रसाद न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।


सम्बन्धित समाचार