Logo

बाराको सिम्रौनगढ नगरपालिका वार्ड ४ मा आज दुई पक्ष बिच झडप हुदा १२ जना घाईते भएका छन ।
आज ११ बजे वार्ड न. ४ को कार्यालयमा किसानहरु द्वारा लगाईयेको ताला खोलाउने क्रममा वार्ड अध्यक्ष अवधेश सहनी र किसानहरु बिच झडप भएको थियो ।

झडपमा परी घाईते हुनेमा अरुण कुमार पन्डित , सराजुल हक , देवेन्द्र प्रसाद यादव, अजय यादव, मणु भूषण यादव, जाबिर अन्सारी, अरबिन्द यादव, मोहन सहनी लगायेतका रहेका छन ।

घाईतेहरुको उपचार स्थानिये क्लिनिकमा भाईरहेको त्यस्तै एक जना अरुण पन्डितको थप उपचारको लागि बीरगन्ज नेसनलमा पठाईयेको जनाईयेको छ ।
यश सम्बन्धमा वर्ड अध्यक्ष अवधेश कुमार सहनी सग सम्पर्क गर्दा वहाले बताउनु भयो कि सेवाग्राहीहरु वार्ड कार्यालयमा लगाईयेको ताला खोलवाउन आउदा सो झडप भएको बताउनु भयो । जब कि बन्द रहेको तालाको बारेमा सम्बन्ध पक्ष बिच वार्ता न गरि जबरदस्ती ताला खोल्ने क्रममा झडप भएको एकजना स्थानियेवासिलेबतायेका छन ।

वार्ड कार्यालयले मल बितरणको लागि मंसिर १५ गते निकालेको सुचना अनुसार मल पाउन नागरिक्ताको प्रतीलीपी जम्मा गर्ने अन्तिम मिति मंसिर १८ रहेकोले बाकी रहेका केही किसानहरु नागरिक्ताको प्रतीलिपी जम्मा गर्न आउदा ३स्३० बजे नै कार्यालय बन्द रहेको देखेर कार्यालयमा ताला लगाईयेको बुझियेको छ ।


सम्बन्धित समाचार