Logo

२१ मङ्सिर, पर्सागढी पर्सा । पर्सागढी नगरपालिका वडा न ३ स्थित जनता माध्यमिक बिद्यालय पकडिया बडनिहारमा विषयगत शिक्षक नहुदा बिद्यार्थीको पठन पाठनमा समस्या उत्पन्न भएको छ ।

बिगत ७ बर्ष देखि रिक्त रहेको विषयगत दरबन्दी पदपूर्ति नहुँदा बिद्यालयको पठनपाठनमा समस्या उत्पन्न भएको बिद्यार्थीहरुले बताएका छन ।

जनता माध्यमिक बिद्यालयमा लामो समय देखि माध्यामिक तहमा तीन र प्रथमिक तहमा दुई गरि पाँच वटा दरबन्दी रिक्त रहेको छ । माध्यामिकमा नेपाली, लेखा, समाजिक विषयको विषयगत शिक्षकको रिक्त दरबन्दी हुदा बिद्यार्थीको पठनपाठनमा समस्या भएको छ । जसका कारणले एसइइको परिक्षाको नतिजा समेत खस्कदो अवस्थामा रहेको छ ।

कुनै समय पर्सा जिल्लाकै नमुना बिद्यालयको रुपमा रहेको जनता माध्यामिक विद्यालय अहिले रिक्त दरबन्दी पदपूर्ति हुन नसक्दा बिद्यार्थीहरुकै भविश्यमाथि खेलवाड हुन थालेको आरोप अभिभावकहरुले लगाएका छन् ।

बिद्यालयका प्रधानाध्यापक मोहन प्रसाद चौधरीका अनुसार बिद्यालयमा रहेको पाँच वटा रिक्त दरबन्दी पदपूर्तिको लागि सम्बन्धीत निकायमा पटकपटक पहल गर्दा पनि शिक्षक दरबन्दीको समस्या नटरेको हुनाले विद्यार्थीको पठनपाठनमा समस्या रहेको बताए ।

पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकका अनुसार नगरभित्र रहेका सामुदायिक बिद्यालयको हकमा बिद्यालय ब्यवस्थापन समिति गठन भएका बिद्यालयमा खाली रहेका दरबन्दीहरुको पदपूर्ति चाडैं हुने बताए । नगरपालिकाले एक दुई दिनमै रिक्त रहेको दरबन्दीको प्रक्रिया अघि बढाईने प्रमुख पठकले बताए ।


सम्बन्धित समाचार