Logo

२१ मंसिर, वीरगञ्ज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । रेडक्रस सोसाईटी पर्साको ५९ औं स्थापना दिवसको अवसरमा आयोजित रक्तदानमा ३ महिला सहित १९ जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा लक्ष्मी चौधरी, रानी कुमारी कलवार, रानी गुप्ता, शिवनाथ यादव, शिर्षक रिमाल, नितेश बस्नेत, दुर्गानन्द साह, रामपुकार मण्डल लगायत रहेका छन् ।

रेडक्रस पर्सा शाखा सभापति विरेन्द्रराज कडेँलको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको उदघाटन नेपाल रेडक्रस सोसाईटी मधेस प्रदेशका अध्यक्ष फूलमहम्मद मियाँले गर्नुभएको थियो ।

 


सम्बन्धित समाचार