Logo

२१ मंसिर, वीरगञ्ज । सर्लाहीमा छुट्टाछुट्टै घटना दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घरको बरण्डाबाट लडेर र पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको हो । गएराति साढे ८ बजे बरण्डाबाट खसेर धनुषाको गणेशमान चारनाथ नगरपालिका–. ४ बिरेन्द्र बजार बस्ने ५० वर्षीय भरतलाल लामाको मृत्यु भएको हो । लालबन्दी नगरपालिका– १ स्थित संजय कुशवाहाको घरमा डेरा गरी बस्दै आएका लामा तीन तल्ले घरको बरण्डाबाट खस्नुभएको थियो ।

बरण्डामा बस्ने क्रममा खसेर घाईते हुनुभएका भरतलाललाई सर्लाहीकै हरिवन स्थित नमुना अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारको क्रममा राति ८ः५५ बजे अस्पतालका चिकित्सकले उहाँको मृत्यु भएको घोषण गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठका अनुसार सर्लाहीमै पोखरीमा डुबेर १० वर्षीया बालिकाको मृत्यु भएको छ ।

सर्लाही ब्रहमपुरी गा.पा.– ६ नौकिलवा बस्ने देवशरण रायको छोरी १० वर्षीया उषा कुमारी यादवको मृत्यु भएको हो । हिजो बिहान १० बजेदेखि उषा घरबाट हराएकी थिईन् । उनको आमाले खोजतलासको क्रममा घरदेखि ४ सय मिटर पूर्व रत्नेश्वर रायको पोखरीमा डुबेर मरेको अवस्थामा साँझ साढे ५ बजेतिर फेला पारेकी थिईन् । घटनाबारे प्रारम्भिक अनुसन्धान गरी दुवै शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

 

 


सम्बन्धित समाचार