Logo

फाइल फोटो

 

२३ मंसिर, वीरगञ्ज । वीरगञ्ज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा दमका बिरामीको सङख्यामा वृद्धि भएको छ । छठ पर्व सकिएलगत्तै चिसो बढेका कारण दमका बिरामीको संख्यामा वृद्धि भएको नारायणी अस्पतालले जनाएको छ ।

जाडो मौसममा दमका विरामीलाई असहज हुने भएकाले अस्पतालमा भर्ना आउने गरेको नारायणी अस्पतालका फिजिसियन डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । चिसोका कारण दमका विरामीको फोक्सोमा समस्या आउने हुँदा श्वास फेर्न निकै असजिलो हुने उहाँको भनाई छ । कतिपय विरामीलाई अक्सिजन नै दिनुपर्ने भएकोले अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था आउने गरेको डाक्टर दासले जानकारी दिनुभयो ।

गम्भिर अवस्थाका विरामीलाई आईसियु, भेन्टिलेटरमा समेत राखेर उपचार गर्ने गरिएको छ भने मध्यम अवस्थाका विरामीको उपचार वार्डमै गरिन्छ । दम, निमोनिया जस्ता रोगसंग लड्न तयार पारिएको भ्याक्सिन नेपालमा उपलब्ध भएतापनि निकै महङगो हुने गरेका छन् ।

एउटै भ्याक्सिनको ६ हजार पर्ने हुँदा कमजोर आर्थिक अवस्था भएका विरामीले भ्याक्सिन लिन नसक्ने डाक्टर दासले बताउनुभयो ।


सम्बन्धित समाचार