Logo

२३ मंसीर,ठोरी । पर्साको ठोरी –२ मा रहेको सेल्फी पुलका नामले परिचित ठुटेखोला पुलमा आज सरसफाइ गरिएको छ । नेपाल भारत सिमा क्षेत्र नजिकै पर्ने सो पुलको सरसफाइ गरी झण्डा फेरिएको हो ।
ठोरी २ का स्थानीय युवाहरुको सहभागितामा ठुटेखोला पुलमाथि सरसफाइ गरिएको र केही वर्षदेखि लगाइएको राष्ट्रिय झण्डा समेत फेरिएको सन्चारकर्मी चिरञ्जीवी सापकोटाले जानकारी दिए ।
जाडो बढेसँगै आन्तरिक तथा बाह्य पर्यटकहरु ठोरी बनभोज खान र घुम्न आउने क्रम बढेकाले पर्यटकहरुलाई आकर्षण गर्नको निमित्त सरसफाइ गरिएको सापकोटाले जानकारी दिए । पुलको उत्तरपट्टी रहेको सेतोभीरको कारण पनि यस ठुटेखोला पुलबाट फोटोलिनकोलागि पनि यो पुल अत्यन्तै चर्चित छ।त्यसमाथि पुलमा फरफराइरहेको सूर्यचन्द्र अंकित नेपाली राष्ट्रिय झन्डाले पर्यटकहरुलाई झनै आकर्षित बनाएको छ ।


सम्बन्धित समाचार