Logo

२४ मंसिर, काठमाडौं । काठमाडौंबाट दिल्लीका लागि १७३ यात्रु बोकेर उडेको एयर इन्डियाको विमानको टायर फुटेपछि उडान रद्द भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरूले घटनाको पुष्टि गरेका छन्।

यो विमान स्थानीय समय अनुसार दिउँसो ४ः३० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उड्ने थियो । उक्त विमानमा १६४ यात्रु र ९ चालक दलका सदस्य थिए ।एयर इन्डियाका एक अधिकारीका अनुसार यो एयरबस ३२० विमान रनवेबाट बाहिर निकालेर पार्किङमा राखिएको थियो ।

विमान मर्मतको काम सकिएपछि अब शनिबार यो उडान हुनेछ ।टायर फुट्दा विमान रनवेमा दौडिरहेको थियो र टेक अफ गर्न लागेको थियो ।


सम्बन्धित समाचार