Logo

२४ मंसिर, वीरगञ्ज । केही दिनदेखि तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । तराईसहित अरु क्षेत्रमा तापक्रम क्रमिक रूपमा घट्दो छ । तराईमा तीन÷चार दिनदेखि बिहान हुस्सु र कुहिरो लाग्ने गरेको हो ।

हुस्सु र कुहिरो लागेको बेलामा दुर्घटनाको जोखिम हुने भएकाले गाडी चलाउँदा ख्याल गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

कुहिरो तथा हुस्सु लागेका बेला ती क्षेत्रमा सामान्य गतिमा र बत्तीको प्रयोग गरी गाडी चलाउन ट्राफिक प्रहरीको आग्रह छ । मौसम पूर्वानुमान महाशाखाले चिसोबाट जोगिन आवश्यक तयारी र सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।


सम्बन्धित समाचार