Logo

२४ मंसिर, सिम्रौनगढ । भारतको बिहार राज्यमा मदिरा बिक्रीवितरण तथा सेवनमा रोक लगाईएपनि सिमावर्ती नेपाली क्षेत्रमा आएर मदिरा सेवन गर्ने गरेका छन् । बिहारका नागरिकलाई लक्षित गरेर नेपालको सिमावर्ती क्षेत्रमा खुलेका मदिरा तथा मासु पसलहरुमा हरेक साँझ उनीहरुको भिड लाग्ने गरेको छ ।

सिमा क्षेत्रमा खुलेका मदिरा पसलबाट मादक पदार्थ सेवन गरेर भारत पुगेका २३ जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बाराको सिम्रौनगढसँग जोडिएको भारतीय सिमावर्ति ईलाका घोडासहनबाट उत्पाद विभागले २३ जनालाई पक्राउ गरेको हो ।

नेपालतर्फको सिम्रौनगढ, कमलपुर सतुवाही, खजानी, बसवरिया लगायत सीमा क्षेत्रमा मादक पदार्थ सेवन गरी घर फर्किदै गरेको उनीहरुलाई पक्राउ गरेको घोडासहन उत्पाद विभागले जनाएकोे छ ।


सम्बन्धित समाचार