Logo

२४ मंसिर, सिमरा । सरकारको गलत नितिका कारण  व्याजदरमा वृद्धि हुँदा व्यापार धरासायी भएको जीतपुर सिमराका उद्योगी व्यवसायीले बताएका छन् । उनीहरुले मसिंर २६ गतेदेखि चरणवद्ध आन्दोलन गर्ने भएका छन् ।

आज बसेको भेलाले राष्ट्र बैकको चालु क्रृणपुजीँ मार्गदर्शन २०७९ खारेजको माग गर्दै सरकार र राष्ट्र बैकं विरुद्ध आन्दोलन गर्ने सहमति भएको चेम्बर अफ कमर्स बाराका अध्यक्ष रुपेश पोखरेलले जानकारी दिनुभयो ।

उद्योगी व्यवसायीले केन्द्रको आन्दोलनलाई फलो गरि २६ गते व्यानर सहित १ घंन्टा मौन जुलुस तथा थप आन्दोलनका कार्यक्रम घोषण गर्ने निति समेत लिएको नगर उद्योग वाणिज्य सघंका अध्यक्ष मोहन शर्माले बताउनुभयो ।

भेलामा सहभागीले व्यापारीले बैँकले क्रृर्ण सहुलियत दिएको बेला महगाँ कार, आईफोन जस्ता अनावश्यक सामानहरु आयत गर्दै देखासिकी गर्नाले अहिले पछ्ताउनु परेको बताएका थिए । बैँकबाट लिएको सस्तो त्रृmणमा घर जग्गा खरिद गर्नाले अर्थव्यवस्था धरासायी भएको सहभागीेको भनाई छ ।


सम्बन्धित समाचार