Logo

२५ मंसिर, पंचगावाँ । पर्साको विभिन्न स्थानमा हुकिङ गरेर विद्युत चोरी गर्ने ६ जनालाई विद्युत चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रको नेतृत्वमा इलाका प्रहरी कार्यालय पोखरिया, सशस्त्र प्रहरीको संयुक्त विद्युत चुहावट नियन्त्रण टोलीले गएराति उनीहरुलाई पक्राउ गरेको हो ।

संयुक्त टोलीले अनुगमनका क्रममा पर्साको पकहामैनपुर गाउँपालिका कटिबलुवाका कृष्ण दास, मन्तुराम साह, जगरनाथपुर गाउँपालिका झाखराका ब्रह्मदेव यादव, सण्ठीका रामनारायण प्रसाद यादव, डंकन यादव र पटेर्वासुगौली गाउँपालिका निचुटाका राजवंशी मुखियालाई हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा पक्राउ गरेको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरीयामा राखेर आवश्यक कारवाहीका अगाडि बढाईएको विद्युत प्राधिकरण पोखरिया वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिनुभयो ।

 


सम्बन्धित समाचार