Logo

२५ मंसिर,वीरगन्ज । वीरगञ्ज महानगरपालिकाको ग्रामिण क्षेत्रका सडक जीर्ण हुँदा नगरबासीले सास्ती भोग्नु परिरहेको छ । महानगरका मिलनचोक, बेलवा क्षेत्रको सडक स्तरोन्नती हुँदा नगरबासीले सास्ती भोग्न बाध्य भएका हुन् ।

सडक जीर्ण भएका कारण सो क्षेत्रका सडक भई गुड्ने ठूला सवारी साधनले धुलो उडाउने गरेको छ । धुलोका कारण त्यस क्षेत्रमा हिड्ने बटुवा, साईकल, मोटरसाईकल तथा अटोमा यात्रा गर्ने यात्रुहरु तथा सडक दायाँ बायाका घरधनीहरु मर्कामा छन् ।

पर्साको उत्तरी भेगका स्थानीयबासी बिशेष कामले वीरगञ्ज आउनजान छोटो बाटोको रुपमा मिलनचोक बेल्वा सडकको प्रयोग गर्ने गरेका छन् । तर सोही सडक भएर गुड्ने टिपर, ट्याक्टरहरुले धुलो उडाउने हुँदा यात्रा कष्टकर हुने गरेको मिलनचोक नयका टोलका कमल अख्तरले बताउनुभयो ।

मिलनचोक बेलवा सडकखण्डको कालोपत्रे भत्किएर जीर्ण भईसकेपनि महानगरले मर्मतमा चासो नदेखाएको उहाँको भनाई छ । जीर्ण सडकमा गुड्ने सवारी साधनले धुलो उडाउँदा आँगनमा बसेर बिहानको घाम ताप्न समेत नपाएको गुनासो स्थानीयले गरेका छन् ।


सम्बन्धित समाचार