Logo

२७ मंसिर, वीरगन्ज । पर्सागढी नगरपालिका अन्र्तगत पर्ने छटैली र हरपतगन्ज जोड्ने कल्भर्ट सन्चालनमा आएको छ । वडा ४ अन्र्तगत छटैली र वडा नं. ८ हरपुरमा आरसीसी ढलान भएकोे कल्भर्ट पुल हिजोबाट सन्चालनमा आएको हो ।

छटैली र हरपतगन्ज जोड्ने सो पुल जिर्ण रहदाँ स्थानीयले आवातजावत गर्न निकै कष्ट व्यर्होनुपरेको थियो । पुल निमार्ण भएसगैँँ अब छटैली, हरपतगन्ज, फन्टीखोला लगायतका स्थानीयबासीलाई आवातजावत गर्न सहज हुने भएको छ ।

ठेकेदारले ७८ लाख १५ हजार ६ सय १७ रुपैयाँमा सो पुलको कार्य सम्पन्न गर्ने आफूहरुले इस्टिमेट बनाएपनि ४१ लाख ८६ हजार ५ सय ६६ रुपैयाँ ५६ पैसामा उक्त कार्य ठेकेदारले सम्पन्न गरेकोे पर्सागढी नगरपालिकाका नगरप्रमुख गोकर्ण पाठकले जानकारी दिनुभयो ।

पुल निमार्णको काममा केहि बाकीँ रहेको र सो समेत चाडैँ नै सम्पन्न हुने नगरप्रमुख गोकर्णले बताउनुभयो । छटैली र हरपतगन्ज जोडिने सो पुल सन्चालनमा आएसगैँ स्थानीयबासी खुसि भएका छन् ।


सम्बन्धित समाचार