Logo

२७ मंसिर, वीरगन्ज ।पर्साको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित प्रदेशसभा सदस्य रबहर अन्सारीले आफ्नो निर्वाचन क्षेत्र अन्तरगत रहेका केही सार्वजनिक विद्यालयहरुमा शिक्षक र विद्यार्थीहरुसँग भेटघाट गर्नुभएको छ ।

विद्यालयहरुमा गएर विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुसँग प्रत्यक्ष भेट गरी सुझाव संकलन गरेको जानकारी दिनुभयो । विद्यालयहरुमा गरिएको भेटघाटले आउने दिनहरुमा शैक्षिक गुणस्तर बढाउदै समाजमा गतिशीलता ल्याउन र समाजलाई प्रगतिको बाटोमा अघि बढाउन अत्याधिक प्रेरणा हासिल गरेको प्रदेशसभा सदस्य अन्सारीले बताउनुभयो ।

शिक्षा सामाजिक परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम हुनुको साथै शिक्षाले नै सामाजिक परिवर्तनहरूको समीक्षा गर्ने विवेक दिने र सामाजिक परिवर्तनहरू स्वीकार गर्न मानसिक रूपमा पनि तयार गर्ने प्रदेशसभा सदस्य अन्सारीको तर्क छ ।


सम्बन्धित समाचार