Logo

वीरगन्ज २६ अठरहाँका स्थानीयमा देखिएको ठेउला रोग । तस्वीर : रेसखबर

२९ मंसिर, वीरगञ्ज । पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २६ अठरहाँमा दादूरा/ठेउला रोग देखा परेको छ । वडा नम्बर २६ को अठरहाँ गाउँका २५ जना भन्दा बढीमा ठेउला रोग देखा परेको महानगरपालिका अन्तरगत पर्ने सुगौली वीर्ता स्वास्थ्य चौकीकी इन्चार्ज पूजा गुरुङले जानकारी दिनुभयो । स्थानीयले निजी स्वास्थ्य संस्थामा परीक्षण गर्न जाँदा ठेउलाको लक्षण देखा परेको थियो ।

ठेउला रोग देखा परेको वीरगन्ज महानगरपालिकाका स्वास्थ्यकर्मीहरुलाई जानकारी भएपछि थप अनुसन्धानका लागि महानगरपालिकाले स्वास्थ्यकर्मीहरुको टोली खटाएको थियो । महानगरपालिकाको छुट्टै टोली र सुगौली वीर्ताको स्वास्थ्यकर्मीहरुको टोलीले गाउँमा पुगेर परीक्षण गर्दा ठेउला रोग नै भएको पत्ता लगाएका थिए ।

यसको थप अनुसन्धान र पुष्टि गर्नका लागि विश्व स्वास्थ्य संगठनको टोली पनि वीरगन्ज आउदै छन् । विश्व स्वास्थ्य संगठनको टोली बिहीबार वीरगन्ज आउने र ठेउला रोग देखा परेको गाउँमा पुगेर अनुसन्धान गर्ने तयारी रहेको स्वास्थ्य चौकी इन्चार्ज गुरुङले बताउनुभयो ।


सम्बन्धित समाचार