Logo

२९ मंसिर, वीरगन्ज । पर्सा, बारा रौतहटका विभिन्न नाकाबाट अवैध रुपमा हरेकदिन २ हजारदेखि २ हजार ५ सय बोरासम्म आलु प्याज भित्रिने गरेको छ । रक्सौल लगायत सिमावर्ती भारतीय बजारबाट साईकल मोटरसाईकलमा १ देखि ३ बोरासम्म आलु प्याज लोड गरेर ल्याउने गरिएको छ ।

देशकै मुख्य भन्सार नाका वीरगञ्ज भन्सारबाट समेत यसरी आलु प्याजको तस्करी हुने गरेको छ । बिहानको समयमा वीरगञ्जको नगवा, छपकैया, विर्ता लगायतका ठाउँमा साईकल र मोटरसाईकलमा आलु प्याज बोकेर ल्याउँदै गरेको दृश्य देखिने गरेको स्थानीय बासिन्दाले बताएका छन् । यसरी ल्याईएको आलु प्याज सिधै मिनाबजारका थोक तथा खुद्रा व्यापारीमा पु¥याउने गरिएको छ ।

कतिपयले गोदाममा भण्डारण गरेर राखेर ट्रकमा लोड गरी वीरगञ्ज बाहिर समेत पठाउने गरेका छन् । एकबोरामा ५० किलो आलु प्याज हुने गर्दछ । आलुप्याजमा १४ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ । भन्सार छलेर ल्याउँदा बढी फाईदा हुने भएकोले व्यापारीले साईकलमा तस्करी गर्नेसँग नै आलु लिने गरेका छन् ।

१२ वर्षदेखि आलु प्याजको व्यापार गर्दै आईरहेका शिव जयसवारले वर्षमा ५० गाडी आलु प्याज बिक्री हुने गरेकोमा अहिले घटेको बताउनुभयो । वीरगञ्जमा ६ महिनादेखि निरन्तर भंसार छलेर ल्याईएको आलु प्याज आईरहेकोले बैध व्यापार खस्केको उहाँको भनाई छ ।

यस्तै अवस्था रहन गए धेरै व्यापारी पसल बन्द गर्न बाध्य हुने गुनासो गर्नुभयो । बैध रुपमा कारोबार भन्सार कर, आय कर, गाडी भाडा समेत तिनुपर्ने हुन्छ । ५० वर्षदेखि आलु प्याजकै व्यापार गर्दै आएका जगदिश प्रसाद कानुले अवैध कारोबारी बजारमा छिर्दा व्यापार खस्केकोले पसलको भाडा तिर्ने खर्च जुटाउन समेत समस्या आउन थालेको बताउनुभयो ।


सम्बन्धित समाचार