Logo

१ पुष, जीतपुर बारा । बाराको प्रसौनी गाउँपालिकाले आफ्नो पालिकाका बिरामीलाई आवश्यक पर्दा ब्लड बैंकबाट निशुल्क रगत उपलब्ध गराउने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखासँग प्रसौनी गाउँपालिकाले निःशूल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ ।

सम्झौतामा पालिकाका व्याक्तिलाई उपचारका क्रममा रगतको आवश्यकता परेमा वीरगञ्जस्थित रक्तसञ्चार केन्द्र वीरगञ्जबाट निशुल्क रगत उपलब्ध गराउने गरी सम्झौता भएको हो ।

यसका लागि सम्बन्धित व्याक्तिले पालिकामा स्थायी बसोबास रहेको नागरिकको परिचय पत्र पेश गर्नुपर्ने र ती कागजातको आधारमा सिफारिस गरिने प्रसौनी गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जैसवालले जानकारी दिए । अध्यक्ष जैसवालले ब्लड बैंकमा रगतको प्याकिङ, ग्रुपिङ, भण्डारणमा लाग्ने खर्च नगरपालिकाले भुक्तानी गर्ने सम्झौता गरेको बताए ।

अब पालिकाका कोहि पनि व्याक्तिले ब्लड बैंकबाट निशुल्क रगत पाउने अध्यक्ष जैसवालले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटीले ब्लड बैँकबाट रगत उपलब्ध गराउँदा रगतको प्याकिङ, ग्रुपिङ, भण्डारण र परिक्षणमा लाग्ने खर्चबापत १ हजार ५० रुपैया लिँदै आएको छ ।

जुन रकम प्रसौनी गाउँपालिकाले आफनो गाउँपालिकाबासीको हकमा आफैँ तिरिदिने जनाएको छ । सम्झौतामा गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी र नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको तर्फबाट कोषाध्यक्ष महन्थ प्रसाद यादबले हस्ताक्षर गरेका छन ।


सम्बन्धित समाचार