Logo

१ पुष, जीतपुर बारा । लामो बिवाद पश्चात श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिद्यालय बकुलियाको अभिभावक भेला सम्पन्न भएको छ ।

बिवादको कारण बारम्बार स्थगित हुँदै आएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित बिद्यालयको अभिभावक भेलाले शुक्रबार बिद्यालय ब्यवस्थापन समितिकोलागि ४ जनाको नाम सर्बसम्मत सिफारिस गरिएको हो ।

अभिभावक भेलाले शोभा चौधरी ,कृष्णा कुमारी चौधरी ,कृष्ण प्रसाद चौधरी र बृजमोहन चौधरीको नाम सर्बसम्मत रुपले सिफारिस गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपेन्द्र चौधरीको बिशेष सक्रियतामा अभिभावक भेला भएर सफलता पुर्बक सम्पन्न भएको हो ।

बिद्यालयको ब्यवस्थापन समितीको गठन उच्च अदालत जनकपुर अस्थाई ईजलास वीरगञ्जको २०६९ साल जेठ ३० गतेको निर्णय अनुसार र मिती २०७९ साल असार १५ गतेको फैसला अनुसार ऐनको दफा १२ को १ को (क) बमोजिम बृहत अभिभावक भेलाबाट सर्बसम्मत सदस्य चयन गरिएको बिद्यालयका प्रधानध्यापक किशोरी यादबले जानकारी दिए ।

बिद्यालयको ब्यवस्थापन समिती ११ सदस्सीय हुने छ । जसका बाँकी सदस्यहरुमा दुई जना उद्योग बाणिज्य संघको तर्फबाट, एक जना वडाकोतर्फबाट, एक जना शिक्षकहरुको तर्फबाट ,एक जना बिद्यालयका प्रधानध्यापक सदस्य सचिव र २ जना समाजसेवी, बुद्धिजीबि र शिक्षा प्रेमीको तर्फबाट मनोनित हुने बिद्यालयले जनाएको छ ।


सम्बन्धित समाचार