Logo

२ पुष, बारा । नेपाल पत्रकार महासंघ बारा शाखाको १७ औँ बार्षिक सधारण सभा बाराको अम्लेखगंजमा सम्पन्न भएको छ । सधारण सभाको उद्घाटन नेपाल पत्रकार महासंघ बाराका सचिव दिपेन्द्र चौहानले गरेका थिए ।
पत्रकार महासंघका केन्द्रीय सचिव चौहानले पत्रकारले नागरिक र सरकारबीच पुलको काम गर्नुपर्नेे बताए । उनले कुनै नातागोतामा नफसेर आफनो कलम ईमान्दारी पुर्बक चलाउन सञ्चारकर्मीलाई आग्रह गरेका थिए ।

बिभिन्न कालखण्डमा नेपाल पत्रकार महासंघले बोलिसकेका कुराहरु बिभिन्न राजनितीक दलको एजेन्डा बन्ने गरेको चौहानले बताए । पत्रकार महासंघले सदस्यता शुद्धिकरण अभियान चलाईरहेका कारण बारा शाखाले पनि त्यसलाई अगाडि बढाउँनुपर्नेमा जोड दिएका थिए ।

बारा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले पत्रकार बिना संसारको कल्पना गर्न नसकिने बताए । उनले कतिपय घट्ना तथा दुर्घटनाको बारेमा मिडियाबाट आफुहरुले सुचना पाएपछि मात्र थाहा पाउँने गरेका प्रजिअ कटुवालको भनाई थियो ।

उनले पत्रकारको कलमको तागत मिसाईल भन्दा पनि खतरा हुने भएकाले यसलाई निष्पक्ष र तटस्थ रुपमा चलाउनुपर्ने धारणा ब्यक्त गरेका थिए ।

नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिबारीको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका केन्द्रिय सदस्यहरु केसी लामिछाने, शिव पुरी, सुबास साह, प्रदेश महासचिव श्याम बञ्जारा, प्रदेश सदस्य महेश्वर अधिकारी, बारा प्रहरी उपरिक्षक होबिन्द्र बोगटी, प्रहरी नायब उपरिक्षक युवराज तिमलसिना, संबिधान सभा सदस्य शोभाकर पराजुली ,जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने लगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्ब अध्यक्षहरु गुरु प्रसाद गौतम र कमल कुमार उपाध्यायलाई सम्मन गरिएको थियो । महासंघले ६० बर्ष उमेर पार गरेका पत्रकारहरु सत्यप्रकाश श्रेष्ठ ,रामेश्वर मेहता र उमेश दासलाई महिनाको पाँच सय रुपैयाको दरले पेन्सन प्रदान गरेको छ ।

महासंघबाट पेन्सन स्वरुप प्राप्त गरेका रकम पत्रकार श्रेष्ठले आर्थिक सहयोग स्वरुप महासंघलाई नै फिर्ता गरेका थिए । पत्रकारीता कर्म गर्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ मा वडा अध्यक्षमा निर्वाचित हरिदेव खरेललाई सम्मान गरिएको थियो । नेपाल पत्रकार महासंघमा १ सय २९ पत्रकारहरु आबद्ध रहेका छन् ।


सम्बन्धित समाचार