Logo

३ पुष, बारा । बङ्गलादेशमा हुने अन्तराष्ट्रिय स्क्राबल प्रतियोगिताकोलागि बाराबाट पाँच जना बिद्यार्थी छनोट भएका छन् । गण्डकी प्रदेशको पोखरामा पुष २ गते सम्पन्न आँठौँ राष्ट्रिय स्क्राबल प्रतियोगितामा बाराबाट सहभागी भएका आठ जनामध्ये पाँच जना अन्तराष्ट्रिय स्क्राबल प्रतियोगिताकोलागि छनोट भएका हुन् ।

बाराबाट छनोट हुनेमा राष्ट्रिय बिभुती स्कुलका रोशन कुमार यादब ,धिरज कुमार मोक्तान ,पाथीभारा स्कुलका चन्द्र प्रकाश गिरी, बिशाल गुप्ता र सिमरा पब्लिक इङ्गलीस स्कुलका बिबेक ढकाल गरी पाँच जना अन्तराष्ट्रिय स्क्राबल प्रतियोगिताकोलागि छनोट भएको स्क्राबल प्रतियोगिताको बारा जिल्ला संयोजक भोजराज सुबेदीले जानकारी दिए ।

सन् २०२३ को फेब्रअरी महिनामा बङ्गलादेशमा हुने अन्तराष्ट्रिय स्क्राबल प्रतियोगिताकोलागि देशभरीबाट २० जना छनोट भएका छन् । अगामी बर्ष हुने नवौँ राष्ट्रिय स्क्राबल प्रतियोगिता बाराको सिमरा स्थित लोटस एकेड्मीमा हुने स्क्राबल प्रतियोगिताको बारा जिल्ला संयोजक सुबेदीले बताए ।


सम्बन्धित समाचार