Logo

४ पुस, वीरगञ्ज । मातृभाषामा शपथ लिन चाहने सांसदले तीन दिन अगाडि नै सूचना दिन संसद् सचिवालयले अनुरोध गरेको छ । कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरि अनुवादको पत्र संसद् सचिवालयमा तीन दिनअघि नै उपलब्ध गराउनुपर्ने सचिनावायले निकालेको सूचनामा उल्लेख छ ।

यस्तै सचिवालयले शपथ लिन आउँदा राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन भनेको छ । प्रतिनिधि सभामा सांसदको शपथ आउँदो पुस ७ गते बिहीवार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक कक्षा बानेश्वरमा हुने छ ।

सचिवालयले सांसदलाई बिहान ११ बजे नै उपस्थित हुन भनेको छ ।


सम्बन्धित समाचार