Logo

४ पुस ,वीरगञ्ज । पर्साका किसानहरुले जिल्लामा रहेका पेट्रोल पम्पहरुको अनुगमन गर्न माँग गरेका छन ।सोमबार जिल्लाका किसानहरुले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत बाणिज्य तथा आपुर्ति मन्त्रालयलाई त्रापन पत्र बुझाउदै पम्पहरुको अनुगमन गर्न माँग गरेका हुन ।

किसान हकहित सँघर्ष समिति पर्साका अध्यक्ष सहरुम राउत गदीको नेतृत्वमा पुगेको किसानहरुको टोलीले ज्ञापन पत्र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई बुझाएका थिए ।

ज्ञापनपत्र मार्फत उनीहरुले जिल्लामा रहेको पेट्रोल पम्पहरुले अपुर्ण तौलको डिजेल किसानहरुलाई बितरण गरिरहेकोले समबन्धितनिकायले अनुगान गर्नुपर्ने माँग राखेका छन ।

उनीहरुले डिजेल पेट्रोल बिक्रेताहरुले पेट्रोलियम प दार्थ मापन यन्त्र बिगारेर खुलेआम रुपमा कम तेल बिक्री बितरण गरिरहेको आरेप ज्ञापन पत्रमार्फतलगाएका छन ।पटक पटक जिल्ला स्थित नापतौल कार्यालयलाई यस बिषयमा जानकारी गराउदा समेत कुनै सुनुवाई नभएकोले मन्त्रालय स्तरबा नै पर्साका पेट्रोल पम्पहरुको अनुगमन गर्न किसानहरुले त्रापनमार्फ आग्रह समेत गरेका छन ।


सम्बन्धित समाचार