Logo

५ पुस, वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका र नेपाल रेडक्रस सोसाईटी पर्सा विच निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको छ । पालिकाको आफ्नो जनतालाई बिरामी अवस्थामा रगत आवश्यक हुंदा निःशुल्क रगत उपलब्ध गराउन नेपाल रेडक्रस सोसाईटी पर्सा शाखासँग सम्झौता गरेको हो ।

सम्झौतामा पालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष जसवन्त यादव र रेडक्रस पर्साको तर्फबाट सभापति बीरेन्द्र राज कँडेलले हस्ताक्षर गरेका छन् । सम्झौता पत्र गाउँपालिका अध्यक्ष जसवन्त यादव र रेडक्रस पर्साको तर्फबाट कार्यसमिति सदस्य शिवनाथ यादवले एकआपसमा हस्तान्तरण गरेका छन् ।

सम्झौता पत्रमा जनतालाई बिरामी अवस्थामा उपचारको क्रममा डाक्टरको सिफारिसमा रगत आवश्यक हुंदा पालिकाको बासिन्दा प्रमाणित हुने परिचय पत्रको आधारमा र कर्मचारीको हकमा पालिकाको सिफारिसको आधारमा रक्तसंचार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउनु पर्ने छ भने सोमा लाग्ने सेवाशुल्क पालिकाले उपलब्ध गराउनु पर्नेछ ।

सम्झौताको क्रममा गाउँपालिका अध्यक्ष जसवन्त यादवले विपद व्यवस्थापन, स्वास्थ्य एवं सामाजिक विकासका क्षेत्रमा समन्वय गरेर अगाडि बढ्न सकिने साथै मानविय सेवाको काममा आफु निरन्तर सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

सम्झौता हस्तान्तरण कार्यक्रममा पालिका अध्यक्ष गाउँपालिका अध्यक्ष जसवन्त यादव , रेडक्रस पर्साका कार्यसमिति सदस्य शिवनाथ यादव, महुवन उपशाखाका सभापति जदु साह लगायत स्थानीय रेडक्रसर्माीको उपस्थिाति रहेको रेडक्रस पर्साका कार्यसमिति सदस्य शिवनाथ यादवले जानकारी दिनु भयो ।


सम्बन्धित समाचार