Logo

५ पुष, वीरगञ्ज । इन्सेक पर्साकोको अयोजनामा पुस ५ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम बीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि के.सी लामिछानेले पर्सा जिल्लामा सन् २०२२ को जनवरीदेखि हालसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

प्रस्तुत घटनामा ६४ ओटा मानव अधिकार सम्बन्धी घटना रहेका छन । जस मध्ये १८ वर्ष भन्दा कम उमेरका वालिका बलात्कारको घटना २४ वटा बलात्कार प्रयासका २ वटा, बेचबिखनका ५ वटा ,कथित बोक्सी आरोपका २ वटा,बुहविाहका १२ वटा,१८ वर्ष भन्दा माथिको उमेरका महिलाको बलात्कारका ९ वटा बलात्कार प्रयास ३ वटा, कुटपीटको १ वटा ,यौन दूब्र्यहारका ३ वटा र कार्तब्य ज्यानका ३ वटा घटनाहरु रहेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बलात्कार लगायतका घटनाहरु धेरै देखिएको बताउदै काूनीन कारावाही र सचेतनाको माध्यमबाट यो खाले अपराधको न्यूनकीरणमा जोड दिनु पर्ने बताउनु भयो ।

उहाँले राज्यले नागरिककालागि दिन गरेका प्रतिवद्धताहरुको आपूर्तीमा आफूहरु सचेत रहेको बताउदै प्रदेश सरकार मातहत रहेका कार्यालयहरुको ब्यवस्थापनमा ध्यान दिनु पर्ने सुझाव दिनु भयो ।

उहाँले उपभोक्ताका अधिकारको संरक्षणमा पनि ध्यान दिन आवश्यक रहेको बताउदै त्यसकोलागि स्थानीय तहको क्षमता अभिबृद्धिमा ध्यान दिनु पर्ने बताउनु भयो ।

उहाँले इन्सेकले तथ्यमा आधारित रहेर वर्ष पुस्तक प्रकाशन गर्दै आएको र त्यसले देशको मानव अधिकारको अवस्थाको सही चित्रण गर्ने बताउन भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले वर्ष पुस्तकले सुशासन र समृद्ध समाज निर्माणमा भूमिका खेलेको बताउनु भयो । उहाँले आर्थिक तथा समाजिक अधिकारको उल्लंघनको बिषयलाई पनि डाटाबेसमा राख्नेगरि ब्यवस्थापन गर्न इन्सेकलाई आग्रह गर्नु भयो ।

सामुदायिक रेडियो प्रशारक संघका निर्वतमान महासचिव गोविन्द देवकोटाले प्रत्येक नागरिकले खाद्यान्न, स्वास्थ्य, शिक्षा लागयतका अधिकारहरू राज्यबाट पाउनु पर्ने कुरालाई ब्यवहारमा उतार्ने वतावरण बनाउन इन्सेकको अभियानले योगदान गरेको बताउनु भयो ।

उहाँले मानव अधिकार उपभोगको वतावरण बनाउनकालागि राज्यका निकायहरु जिम्मेवार र जवाफदेह नभएको गुनासो गर्नु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले इन्सेकले सार्वजनीक गरेको प्रतिवेदनले समाज कता जादै छ भन्ने कुराको चित्रण गरेको बताउनु भयो । कानूनी प्रवन्धहरुको दुरुपयोग भएको प्रति पनि चासो राखीनु पर्ने उहाँको कथन थियो ।

त्इसतै आशमोहिनी चौधरीले बलात्कारमा केटालै झै केटीलाई कारवाही किन हुदैन भन्ने प्रश्न गर्दै दुबे पक्ष दण्डको दायारमा आउनु पर्ने बिचार राख्नु भयो
मानव अधिकार निगरानी समुह पर्साका संयोजक तवरे अहमदको अध्यक्षतामा सम्पन्न समिक्षाका गोष्ठीमा संचारकर्मीहरुले बिभिन्न जिज्ञासा राखेका थिए ।


सम्बन्धित समाचार