Logo

७ पुस, काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन छाडेर आएको अवस्थामा माओवादी केन्द्रसँग सहकार्य हुनसक्ने संकेत गरेको छ ।

प्रतिनिधिसभा सदस्यहरुको शपथकै दिन बिहीबार एमालेको सचिवालय बैठक बसेको थियो, जसमा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

एमाले अध्यक्ष ओलीले प्रचण्डले गठबन्धन छोडेर आएमा प्रधानमन्त्रीमा सहयोग गर्ने संकेत गरेपनि प्रचण्डले भने ओलीसँग तत्काल सहकार्य नहुने अडान लिएका छन् ।

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्टपति र सभामुख हातपार्ने दाउमा लागेकोले बुझाई प्रचण्डको छ । एकपटक निर्वाचित भइसकेको राष्टपति र सभामुखलाई हटाउन दुइतिहाई जुटाउनु पर्ने र प्रधानमन्त्रीलाई जुनसुकै समयमा पनि अविश्वास ल्याएर हटाउन सकिने भएकोले एमाले अध्यक्ष ओलीले आफ्नो स्वर्थ पुराभएपछि हटाउन खेलमा जाने भन्दै प्रचण्डले उनको विश्वास नगरेको बुझिएको छ ।

एमालेका एक पदाधिकारीका अनुसार ओलीले सत्ता गठबन्धन कायम रहँदासम्म एमालेले कुनै विकल्पमा पहल लिन सक्ने अवस्था नभएको बताए । तर सबै पक्षसँग सम्वाद भइरहेको भन्दै उनले यसलाई थप गति दिनुपर्नेमा जोड दिएका छन् । ओलीले एमालेको तीन वटा चासो रहेको बताए । उनले पहिलो, राजनीतिक स्थायित्व दोस्रो, ओरालो लागेको अर्थतन्त्रलाई लयमा फर्काउने, तेस्रो, राष्ट्रिय एकतालाई बलियो बनाउने रहेको बताए

साँस्कृतिक विचलन देखिन थालेको भन्दै उनले बेलैमा नरोके मुलुक राजनीतिक अराजकतामा जानसक्ने बताएका छन् । यसका लागि पनि सबैसँग सम्वाद गर्नुपर्ने उनले बताए ।

सरकार गठनका सन्दर्भमा सत्ता गठबन्धन कसरी अगाडि जान्छ भन्ने हेर्नुपर्ने ओलीले बताए । एमालेका एक पदाधिकारी भन्छन्, ‘अध्यक्षले कांग्रेस र माओवादी सबैसँग कुराकानी भइरहेको छ । प्रचण्डजीले गठबन्धन छोडेर आउनुभयो भने खुला सम्वाद गर्न सकिन्छ भन्नुभएको छ ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दै आएका छन् । तर प्रतिनिधिसभाकै ठूलो दल कांग्रेसले पनि नेतृत्व दाबी गरेको छ ।

एमालेमा कांग्रेससँग मिलेर सरकार बनाउनपर्ने मत पनि छ । तर बिहीबारको बैठकमा ओलीले भने गठबन्धन छाडेर आए प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्ने संकेत गरेको एक नेताले बताए ।


सम्बन्धित समाचार