Logo

८ पुष, वीरगञ्ज । नेशनल मेडिकल कलेज र हिमाल बचत तथा ऋण सहकारी सस्थां लिमिटेडले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १६३ जनाले रक्तदान गरेका छन ।

सस्थांको १५ औं वार्षिकोत्सवको अवसरमा वीरगञ्ज स्थित नेशनल मेडिकल कलेज परिसरमा आयोजित रक्तदान कार्यक्रममा ५५ जना महिला सहित १६३ जनाले रक्तदान गरेका छन ।

हिमाल बचत तथा ऋण सहकारी सस्थां र नेशनल मेडिकल कलेजको सहकार्यमा आयोजित कार्यक्रममा कलेका विद्यार्थी, कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी र संञ्चारकर्मीले समेत रक्तदान गरेको नेशनल मेडिकल कलेजले जनाएको छ ।

रक्तदान कार्यक्रमको उदघाटन नेशनल मेडिकल कलेजका ंिप्रन्सिपल प्रोफेसर डाक्टर के.एन.सिंहले गर्नु भएको थियो । श्रीहिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका अध्यक्ष डाक्टर सबिया यासमिनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजका डाइरेक्टर इसरत जाहान अंसारी, एकेडमी डाइरेक्टर डाक्टर मुसरत जाहान, सहनबाज अंसारी, हिमाल बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक किरण झा लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी सानीमा बैकको स्थापना दिवसको उपलक्ष्यमा समेत आजै रक्तादन कार्यक्रम सम्पन्न भएको छ । बैकंले १८ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ४ जना महिला सहित ५० जनाले रतmदान गरेको राजन श्रीवास्तवले जानकारी दिए । सो अवसरमा रक्तसन्चार केन्द्र बिरगन्जका प्राविधिकहरुले सहयोग उपलब्ध गराएको बैकंका कर्मचारी भरत श्रेष्ठले बताए ।


सम्बन्धित समाचार