Logo

वीरगन्ज, १० पुस । वीरगन्जमा सम्पन्न नेपाल जेसिजको ४९ औ राष्ट्रिय महाधिवेशनबाट नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा विकास मानन्धर विजयी हुनुभएको छ ।

पुस ७ गतेदेखि शुरु भएको महाधिवेशनमा गएराति अबेर सम्पन्न मतदानमा अत्याधिक मतले ५९५ मत ल्याएर बिजयी हुनु भएको हो । अध्यक्ष पदमा जनाको उम्मेदवारी परेकोमा एकजनाले उम्मेदवारी फिर्ता लिएको र चारजनाबीच भएको प्रतिस्पर्धामा मानन्धर विजयी हुनुभएको सिनेटर बद्री बहादुर अधिकारीले जानकारी दिनुभयो ।

४९ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२३ का लागि कार्यकारिणी उपाध्यक्षमा रजनी थापा, जीवन कार्की, कुमार सिंङ साँवा लिम्बु, रश्मि बस्नेत निर्वाचित हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा १२ जना निर्वाचित भएका छन् ।

निर्वाचित उपाध्यक्षहरुमा राधिका भुषाल, राजाराम गौतम, भिम कुँवर ९राजु०, स्वस्तिका आचार्य, बिर बहादुर बेगा, गुरुदेव पौडेल, चन्द्रमणि भुषाल, चिरञ्जीवी गौतम, अनुप सुनुवार, सोनी श्रेष्ठ, तेज प्रसाद उप्रेती ९रमेश०, सरोज अधिकारी रहेका छन् । त्यस्तै महासचिवमा अमिश ढकाल, कोषाध्यक्षमा मोहन डांगी र कानुनी सल्लाहकार अशोक कोइराला मनोनित हुनुभएको छ ।

जेसिजको विधान अनुसार महासचिव, कोषाध्यक्ष र कानूनी सल्लाहाकार निर्वाचित भने नवनिर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यावस्था रहेको छ । निर्वाचित कार्यसमितिको कार्यकाल एकबर्षको हुनेछ । जेसिजको नेतृत्वमा १८ बर्षभन्दा माथिका र ४० बर्षभन्दा कम उमेर समूहका व्यक्तिले मात्रै नेतृत्वमा रहन पाउने व्यावस्था विधानमा रहेको छ । जेसिजले नेतृत्व विकास र व्यक्तित्व विकासलाई बढी प्राथामिकता दिने गरेको छ ।


सम्बन्धित समाचार