Logo

फाईल फोटो

१०, पुस वीरगञ्ज । बारा प्रहरीले २४ किलो प्रतिबन्धित गाँजा नियन्त्रणमा लिएको छ ।प्रहरीले पचरौता नगरपालिका–३ भठी बैरियामा गस्ती गर्नेक्रममा नम्बर नखुलेको मोटरसाईकलमा सवार दुई जनाले गाँजा लिएर जादै गरेको अवस्थामा प्रहरीलाई देखेपछि गाँजाको बोरा फालेर फरार भएका थिए ।

बोरा खोलेर प्रहरीले हेर्दा बोराभित्रबाट तीन वटा पोकामा रहेको २४ किलो गाँजा बरामद गरिएको बाराका प्रहरी प्रबक्ता राजेश थापाले जानकारी दिए ।

गाँजालाई ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखिएको तथा गाँजा तस्करहरुको खोजी कार्य भईरहेको थापाले बताए ।


सम्बन्धित समाचार