Logo

१० पुस, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको छ । बहुमत सदस्य संख्या पुग्नेगरी दलहरूले यो सहमति गरेर राष्ट्रपतिलाई खबर पठाएका छन् ।

यससँगै अब केही समयपछि राष्ट्रपतिले प्रचण्षलाई प्रधानमन्त्री नियुक्त गर्न सक्नेछिन् ।राष्ट्रपतिले दलहरूलाई सरकार गठनको लागि दिएको समय केही बेरमा सकिँदैछ । समय सकिनुअघि नै प्रचण्डको नाममा सहमति जुटेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको दलहरूको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो ।
आज बालकोटमा एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठक अझै पनि जारी छ । आज ५ बजेसम्म सहमति गरेर दलहरू राष्ट्रपतिकहाँ जानुपर्ने हुन्छ ।


सम्बन्धित समाचार