Logo

१० पुस, वीरगञ्ज । वीरगञ्जमा मंसिर ५ गतेदेखि हराएका एक युवकको शव भेटिएको छ । वीरगञ्ज(२५ सिर्सिया खल्वाटोलाका श्रीमान पासवानको १५ वर्षीय छोरा निरज कुमार पासवानको शव भेटिएको हो । गुरूकुल पन्ना ईङ्गलिस स्कुलको पुरानो भवन अगाडिको सेप्टी ट्याङ्कीमा आईतबार साँझ निरजको शव भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले सेप्टी ट्यांकीको रिङ भित्रबाट शव निकालिएको जानकारी दिए । ु घाँटी र खुट्टा बाँधेर डल्लो बनाएर शव सेप्टी ट्यांकीको रिङभित्र छिराईएको रहेछ ।ु उनले भने ु त्यसमाथि माटो भरिएको बोरा र माटोले छोपिएको रहेछ । आज खोतलेर शव निकालेका छौ । ु

श्रीमानको वीरगञ्जको मीना बजारमा मासु पसल छ । नीरज मंसिर ५ गते देखि हराएको भन्दै भोलिपल्ट अभिभावकले प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए । परिवार र प्रहरीले खोजतलास गर्दा उनी भेटिएनन ।

पुस १ गते निरजको परिवारले उनको अपहरण भएको र अपहरणकारीले ५० लाख फिरौति मागेको भन्दै प्रहरीलाई लिखित जानकारी गराएका थिए ।
अपरिचित व्याक्ति बुवा श्रीमान पासवानको मोबाइलमा फोन गरेर ५० लाख रुपैया फिरौती माग गरेको उजुरीमा उल्लेख थियो ।

प्रहरीले अपहरणमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूले दिएको बयानको आधारमा सेप्टी ट्यांकीबाट निरजको शव बरामद गरेको थियो ।

प्रहरी नायब उपरिक्षक गिरिले घटनाामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । शंकास्पद अन्यको पनि खोजी भईरहेको उनको भनाई छ । अपहरणकारीले ५० लाख फिरौती मागेर अभिभावकलाई फोन गरेका रहेछन् , फिरौति नदिएकोले हत्या गरेको पनि हुन सक्छ, घटनाबारे थप अनुसन्धान गरिरहेका छौं प्रहरी नायव उपरिक्षक गिरीले भने ।


सम्बन्धित समाचार