Logo

११ पुष, वीरगञ्ज । प्रहरीले पर्साबाट प्रतिबन्धित लागु औषध खैरो हिरोइन सहित तीन जनालाई पक्राउ गरेको छ ।

बहुदरमाई नगरपालिका वडा नम्बर १ बस्ने १९ वर्षीय हरिओम महतो, मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १० बस्ने २६ वर्षीय परमेश्वर साह र वडा नम्बर २५ बस्ने २६ वर्षीय युगेन लामालाई पक्राउ गरेको हो ।

हरिओम महतोलाई नियन्त्रणमा लिएर प्रहरीले शरीर खानतलासी गर्दा पाइन्टको खल्तीबाट खैरो हिरोइन २० ग्राम फेला पारेको थियो । महतोसँग सोधपुछ गर्दा परमेश्वर र लामालाई बिक्रि गर्न लागेको बताएपछि उनीहरुलाई समेत पक्राउ गरी कारबाहीको दायरामा ल्याईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिका वडा नं. १६ बसपार्कबाट पक्राउ गरिएको थियो । तीनै जना विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ


सम्बन्धित समाचार