Logo

११ पुष, वीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको ११८ कार्टुन सोफी मदिरा बरामद गरेको छ ।

रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आईतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो ।

सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा सोफी बरामद भएको थियो । भारतको बिहार राज्यमा मदिरा उत्पादन, बिक्रि र सेवन निषेध गरिएको छ ।

सीमावर्ती क्षेत्रमा खुलेका मदिरा पसलमा भारतीय नागरिक आएर मदिरा पिउने गरेका छन् भने अवैध रुपमा नेपालबाट भारत तर्फ मदिरा लैजाने पनि गर्छन् । रौतहटको राजदेवी नगरपालिका–९ ब्रम्हपुरी स्थित बोर्डर आउटपोष्ट बेलविछवाका सशस्त्र प्रहरी निरीक्षक उमेश ढकाल नेतृत्वको टोलीले मदिरा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको बीआर २९ एस ९४०४ नम्बरको बोलेरो गाडीमा राखिएको ११८ कार्टुन सोफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिनुभयो ।

बोलेरोको मूल्य ५ लाख कायम गरी बरामद गरिएको ६ लाख २० हजार मूल्य बराबरको सामाग्री गौर भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरले बताउनु भयो ।

 


सम्बन्धित समाचार