Logo

११ पुष, वीरगञ्ज । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
यसैगरी राष्ट्रपतिबाट उपप्रधान मन्त्री तथा अर्थमा बिष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा निर्माणमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमा रबि लामिछानेले सपथ लिएका छन । यसरीनै मन्त्रीहरु ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र राई र अब्दुल खाँले समेत राष्ट्रपतिबाट सपथ लिएका छन् । उनीहरुको मन्त्रालय पछि तोकिने जनाइएको छ ।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीहरू के.पी. शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलगायतका विशिष्ट व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो ।

शपथग्रहणका लागि नवनियुक्त प्रधानमन्त्री दाहालले दौरा सुरुवालमा शपथ लिनु भएको छ । तेस्रो पटक प्रधानमन्त्री हुनु भएका दाहाल यसअघि कोट, सट, पाइन्ट र टाइमा सजिएर जाने गर्नुहुन्थ्यो ।


सम्बन्धित समाचार