Logo

११ पुष, वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले १५ लाख २६ हजार मूल्य बराबर खाद्यान्न सहित ट्याक्टर बरामद गरी सोमबार वीरगञ्ज भंसार कार्यालय बुझाएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं।१७ तिलावे पुल स्थित सडकखण्डमा ना।७ त ५२५१ र ना।६ त ४२०४ नम्बरको ट्याक्टरमा भन्सार छली चोरी पैठारी वीरगञ्ज तर्फ खाद्यान्न ल्याउदै गरेको भन्ने सूचनाका आधारमा दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको पर्साका प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको बिशेष टोलीले ट्याक्टरहरूलाई रोक्ने क्रममा दुबै ट्याक्टरको चालकहरू फरार भएपछि लोड रहेको उक्त ट्याक्टर नियन्त्रणमा लिइ चेकजाँच गर्दा ना।७ त ५२५१ नम्बरको ट्याक्टरमा चामल ८० बोरा (प्रति बोरामा ६० के।जी।को दरले ४८०० के।जी), धान ७१ बोरा प्रति बोरा ५५ के।जी।को दरले ३९०५ के।जी। र गहुँ १५० बोरा प्रति बोरा ६० के।जी।का दरले ९००० के।जी।नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुईवटा ट्याक्टर र त्यसमा जडान गरेको टेलर सहित रु।१५ लाख २६ हजार ४८० मूल्य बराबरका चामल, धान र गहुँ थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति सोमबार वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।

हिजो वीरगञ्ज महानगरपालिका वडा नं।८ लिंक रोड सडक खण्डमा भारतको रक्सौलबाट खरिद गरी भन्सार छली चोरी पैठारी गरी ल्याइएको ३ लाख ८२ हजार मूल्य बराबरको मोबाइल ४८ थान सहित वीरगञ्ज महानगरपालिका वडा नं।७ बस्ने वर्ष ३० को रोशन जाटियालाई पक्राउ गरेर थप अनुसन्धान तथा कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार