Logo

१२ पुष, वीरगञ्ज । बारामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले लागु औषध गाँजा खेती फँडानी गरेको छ । निजगढ नगरपालिका वडा नं १२ र १३ कुलियामा अन्दाजी ३० कठ्ठा जग्गामा लगाईएको गाँजा फँडानी गरेको हो ।

बाराको निजगढमा प्रहरीले गाँजा खेती नष्ट गरेको भिडियो हेर्नुहोस 

लुकीछिपी लागु औषध गाँजा लगाईएको छ भन्ने सूचनाको आधारमा खटिएको सुरक्षाकर्मीको टोलीले गाँजाको बोट फँडानी गरेको थियो । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प, रनतपुरी तथा ईलाका प्रहरी कार्यालय निजगढबाट सुरक्षाकर्मीको टोली गाँजा फँडानीका लागि खटिएका थिए ।

सशस्त्र प्रहरी नायब उपरीक्षक जगन्नाथ खड्का र प्रहरी निरीक्षक सञ्जिव ओलीको नेतृत्वमा खटिएको १९ जनाको टोलीले गाँजा फडानी गरेका थिए । फडानी गरिएको गाँजाको बोट एक ठाउँमा जम्मा गरेर जलाएर नष्ट गरिएको सशस्त्र प्रहरी बल १२ नं हेड क्वाटरका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक अमर खत्रीले जानकारी दिए ।


सम्बन्धित समाचार